कोशी प्रदेशमा पर्यटन विकासको सम्भावना र चुनौती विषयक संवाद कार्यक्रम

24 January, 2024

कोशी प्रदेशमा पर्यटन विकासको सम्भावना र चुनौती विषयक संवाद कार्यक्रम

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सहयोग, समन्वय  तथा विकल्प एण्ड अलटरनेटिभ र होटल एशोसियसन, कोशी प्रदेशको आयोजनामा मिति २०८०/१०/०७ गतेका दिन मन्त्रालयको सभाहलमा कोशी प्रदेशमा पर्यटन विकासको सम्भावना र चुनौती विषयक संवाद कार्यक्रम होटल एशोसियसन, कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठ ज्यूको अध्यक्षतामा र पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री गणेश प्रसाद उप्रेती ज्यूको प्रमुख आतिथ्यता तथा प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय पुरन्जन आचार्य, कोशी प्रदेश सभाका सभासद् माननीय सुनिता छाराहाङ्ग, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला ज्यू, सागुरीगढी गाउँपालिका प्रमुख जितेन्द्र राई ज्यूको आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका पर्यटन व्यवसायसँग आबद्ध केन्द्रीय, प्रदेशस्तरीय तथा जिल्लास्तरीय प्रतिनिधीहरु, मोरङ्ग व्यापार संघ, उद्योग वाणिज्य संघका प्रतिनिधीहरु, यस मन्त्रालयका कर्मचारीहरु, पत्राकारहरु गरेर ४० जनाको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

यस कार्यक्रममा विकल्प एण्ड अलटरनेटिभको तर्फबाट सृष्टिका न्यौपानेले कोशी प्रदेशमा पर्यटनको सम्भावना र चुनौती बारे सरोकारवाला निकायसँग समन्वय गरी तयार पारिएको ड्राफ्ट शोधपत्र प्रस्तुतिकरण भएको थियो ।उक्त प्रस्तुतिकरणमा पर्यटन क्षेत्रलाई प्राकृतिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, साहसिक पर्यटन र माइस टुरिजम गरेर पाँच वटा क्लसटरमा विभाजन गरी पर्यटन क्षेत्रको विद्यमान अवस्था, अवसर, भावि सम्भावना तथा बाधाहरुको बारे प्रस्तुती भएको थियो । प्रस्तुती पश्चात कार्यक्रम खुला छलफलमा गएको थियो । खुला छलफलमा उपस्थित महानुभावहरुबाट शोधपत्रमा समावेश गर्न छुट भएका विषयहरु, समावेश गरिएका विषयमा कानूनी र नीतिगत विषयहरुलाई सच्याउनुपर्ने विषयहरु, कोशी प्रदेशमा पर्यटनको हालको अवस्थाबारे छलफल गर्दै शोधपत्रमा भावि दिनमा कोशी प्रदेशको पर्यटन विकासलाई कुन बाटो र दिशामा अगाडी बढाउने भन्ने विषय पनि समावेश गर्नुपर्ने सुझाव सहित छलफल कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अन्तमा, माननीय पर्यटन, वन तथा वातावरण मन्त्रीज्यू, प्रदेश योजना आयोगका उपाध्यक्षज्यू, प्रदेश सभा सदस्य, विराटनगर महानगरपालिका प्रमुख, सागुरीगढी गाउँपालिका प्रमुख ज्यूबाट कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासको लागि कसरी अघि बढ्न सकिन्छ, प्रदेश सरकार, स्थानीय सरकार र निजि क्षेत्रविच समन्वय तथा सहकार्य गरी पर्यटन क्षेत्रको विकासको लागि हातेमालो गर्नुपर्छ भन्ने निश्कर्ष सहित पर्यटन विकासको सम्भावना र चुनौती विषयक संवाद कार्यक्रम समापन भएको थियो ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.