काठको पल्पमा आधारित कागज उद्योग स्थापनाको सम्भावना विषयक एक अन्तरक्रिया कार्यक्रम

24 January, 2024

मिति २०८० साल माघ ०८ गते सोमबार यस पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगरमा काठको पल्पमा आधारित कागज उद्योग स्थापनाको सम्भावना विषयक एक अन्तरक्रिया कार्यक्रम यस पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, विराटनगरका माननीय मन्त्री गणेश प्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा प्रदेश सचिव श्री विशाल घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न भयो ।उक्त अन्तरक्रिया कार्यक्रमा डिभिजन वन कार्यालय, कटारी (उदयपुर) का डिभिजनल वन अधिकृत श्री अनिरुद्ध कुमार साहले कोशी प्रदेशमा नरम काठको उत्पादन लाई कागज उद्योगमा उपयोग गरेर ठूलो मात्रामा कागज उत्पादन गर्न सकिने, छिटो बढ्ने काठ प्रजाति लाई नर्सरी, वृक्षारोपण र वन विस्तार गरी नयाँ वन सिर्जना गर्न सकिने र हाल पनि कृषक तथा निजी वन धनीहरुका काठ र काठजन्य पैदावारको असल बजार सिर्जना गरी दिगो आयआर्जन गर्न सकिने एंव वन पैदावरमा आधारीत कागज उद्यम स्थापना गरी विदेशवाट कागजको आयत प्रतिस्थापन गर्न वा न्यूनीकरण गर्न सकिने सम्भावनाका बारे प्रस्तुतिकरण गर्नुभयो।उक्त कार्यक्रममा मोरङ्ग, सुनसरी, उदयपुर, सोलुखुम्बुका डिभिजनल वन अधिकृतहरु, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, वातावरण निरिक्षक, विभिन्न डिभिजनका वन अधिकृत ज्यूहरु, निजी वन राष्ट्रिय संजाल, निजी वन धनी, निजी नर्सरी धनी, निजी वन संजाल र विराट व्यपार संघका प्रतिनिधिको समेत सहभागिता भएको थियो ।

 

थप सामग्री:

https://docs.google.com/presentation/d/1fJiwEXuKTkVVMRyyKeKmiuNHUbRHRHo_/edit?usp=sharing&ouid=107501369122861447386&rtpof=true&sd=true

 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.