प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरु बीच नीति अन्तरक्रिया कार्यक्रम

11 January, 2024

प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरु बीच नीति अन्तरक्रिया कार्यक्रम

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आ.व. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रही मिति २०८० साल पौष १६ गतेका दिन मन्त्रालयको सभाहलमा प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरु बीच नीति अन्तरक्रिया कार्यक्रम पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री गणेश प्रसाद उप्रेती ज्यूको अध्यक्षता तथा कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री केदार कार्की ज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय पुरन्जन आचार्य, आन्तरिक मामिला तथा कानून मन्त्रालयका श्रीमान् सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, अध्यागमन कार्यालय, मोरङ्गका प्रतिनिधि, पर्यटन व्यवसायसँग आबद्ध केन्द्रीय, प्रदेशस्तरीय तथा जिल्लास्तरीय प्रतिनिधिहरु, पत्राकारहरु लगायत सरोकारवाला कार्यालय/ निकायका ४५ प्रतिनिधिहरुको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो । 

यस कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट पर्यटनका नीति तथा कार्यक्रम विषयक एक संक्षिप्त प्रस्तुती रहेको थियो ।प्रस्तुती पश्चात कार्यक्रम खुल्ला छलफलमा गएको थियो । खुल्ला छलफलमा पर्यटन क्षेत्रको विकासको लागि एकद्धार प्रणाली अपनाउनु पर्ने, वोर्डर एरियामा पर्यटन सुचना केन्द्रको आवश्यकता, पर्यटनको एकद्धार ब्राण्डिङ्ग, मार्केटिङ, ग्रामिण पर्यटनमा जोड लगायतका महत्वपूर्ण सवालहरुमा छलफल कार्यक्रम केन्द्रित भएको थियो । छलफल कार्यक्रममा उठेका सवालहरुप्रति पर्यटन, वन तथा वातावरण मन्त्रालयका श्रीमान् सचिवज्यूबाट धन्यबाद सहितको संक्षिप्त सहजीकरण भएको थियो । कार्यक्रमको अन्तमा, माननीय मुख्यमन्त्रीज्यू, माननीय पर्यटन, वन तथा वातावरण मन्त्रीज्यूबाट कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासको लागि कसरी अघि बढ्न सकिन्छ भनेर सुझाव प्रदान गर्दै प्रादेशिक पर्यटनको दिर्घकालिन विकासको लागि यस वर्ष सरोकारवाला पर्यटन क्षेत्रका संघ / संस्था, निकायका प्रतिनिधीहरुलाई सहभागिता गराई प्रादेशिक गुरुयोजना निर्माण गरिनेछ भन्ने निश्कर्ष सहित नीति अन्तरक्रिया कार्यक्रम समापन भएको थियो ।

 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.