आ.व. २०८०/८१ को प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

8 December, 2023

प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा मिति २०८०।०८।२१ र २२ गते मन्त्रालयको सभाहल बिराटनगरमा सम्पन्न भयो । 

            कार्यक्रमको उद्घाटन शत्रमा कोशी प्रदेश सरकारका माननिय मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री गणेशप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यता तथा कोशी प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्लेको विशेष आतिथ्यता थियो भने राष्ट्रिय प्रकृति संरक्षण कोष, खमल्टारका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. कृष्ण प्रसाद पलीको आतिथ्यता रहेको थियो । कार्यक्रम मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्षतामा संचालन भएको थियो । गमलामा जल सिंचन गरेर कार्यक्रमका प्रमुख अतिथि माननिय मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुभएको थियो । 

यस कार्यक्रमा मन्त्रालय अन्तर्गतका वन निर्देशनालय, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन कार्यालय धनकुटा र ओखलढुङ्गा, पर्यटन कार्यालय धरान र काकडभिट्टा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, १५ वटा डिभिजन वन कार्यालयहरु, तथा संघीय सरकार अन्तरगतका वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, चुरे उत्थानशील आयोजनाका गरी २५ वटा प्रस्तुतीकरण गरिए । 

उक्त कार्यक्रमको सम्बोधन गर्दै माननीय मुख्य मन्त्री केदार कार्की ज्युले वन र पर्यटनले समृद्धिको लक्ष्य पुरा गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वन र पर्यटन क्षेत्रले मानव कल्याणका अलावा वन्यजन्तुको कल्याण गरेको पनि बताउनुभयो । ‘अरू मन्त्रालयले मानव कल्याण गर्ला तर यस मन्त्रालयले मानव र वन्यजन्तु दुवैको कल्याणको काम गर्छ,’ उहाँले ‘वनको रक्षा गर्ने, वन्यजन्तुको संरक्षण गर्ने काम गर्दै यस मन्त्रालयले पर्यटकलाई आकर्षित गर्छ । जसबाट आर्थिक उपार्जन हुन्छ, यसले समृद्धिको यात्रालाई अझ सहज बनाउँछ ।’ पछिल्लो समय वन—जङ्गल मासिँदै गएपछि हात्ती, बाघलगायत वन्यजन्तु मानववस्तीमा पसेर आक्रमणमा उत्रिएको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले यसको दीर्घकालीन समाधान निकाल्न सुझाव दिनुभयो । ‘अहिले प्रदेशका विभिन्न भागमा हात्ती आतङ्क छ । यसको कारक तत्व मानव नै हो,’ ‘वन मासेर बस्ती बसाइयो, वन्यजन्तुको आहारालाई मान्छेले उपभोग गर्न थालेपछि वन्यजन्तुले सताउँन थाल्यो । यस तर्फ प्रदेश सरकार सजग रहेको र चालु आ.व.मा. हात्तिको कोरिडोर तथा वासस्थान व्यवस्थापनका लागि अध्ययन अनुसन्धाधन गरी उचित कार्यक्रम तथा बजेट व्यवस्थापन गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । कर्मचारी अभाव र बेरुजुलाई हटाउनेगरी सरकारले काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जनताको हितमा रहेर आफ्नो कर्मलाई निरन्तरता दिन कर्मचारीलाई निर्देशन दिनुभयो । जनताले महशुस गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकार ढंगले पालना गर्न आग्रह गर्नुभयो । सेवा प्रवाहमा ढिला सुस्ति हुन नदिन र कर्मचारीको मनोबल एवं वृद्धि विकासमा सदैव प्रतिवद्ध रहेको बताउनुभयो । बदलिदो परिस्थिति सँगै समयानुकुल ऐन नियम निर्माण तथा परिमार्जन गर्न मन्त्रालयलाई निर्देशन गर्दै विगतको समयमा बनाईका नियमहरुलाई सरलिकरण गदैृ जनमुखि र सेवामुखि कानुन तर्जुमा तथा परिमार्जनमा प्रदेश सरकार तयार रहेको र सरकारको दिन र रात भन्ने हुदैन तपाईहरुसँग हरेक पल प्रदेश सरकार छ , फिल्डस्तरमा प्रदेश सरकार छ भन्ने कुरा जनजनमा पुग्न जरुरी छ त्यसका लागि कर्मचारी तन्त्रले समयमानै कार्य सम्पादन गरी प्रदेशले लिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो । जंगल र  जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा राख्दै उहाँले चाँडै मुख्यमन्त्री डेक्समार्फत सबै मन्त्रालयमा सेवाग्राहीले पाउने सेवा सुविधाका सम्बन्धमा आवश्यक अनुगमन गरी त्यसका आधारमा कर्मचारीको मल्यांकन गरिने जानकारी दिनुभयो । उहाँले मानवीय विकासबाट भौतिक विकास हुने भएकाले प्राविधिक विषयमा स्वदेश तथा विदेशमा निःशुल्क छात्रवृत्ति प्रदान गर्न सरकारले प्रतिस्थापन बजेटमा रकम छुट्याएको बताउनुभयो । जनताको बलिदानबाट आएकोे सङ्घीयताको सफल कार्यान्वयनका लागि जनसेवा, विकासमा जनताको साझेदारी, जनअधिकारको सुरक्षा र सुशासनसहित समिृद्धमा लाग्नुपर्नेमा जोड दिनुभयो

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले महिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने मानसिकता त्यागेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । हरेक कर्मचारीको मुल्यांकन कामबाट हुने र बहानाबाजी नगरी स्वीकृत कार्यक्रम अगाडि बढाउन र बेरुजु शुन्य पार्न आजैका दिनदेखि लाग्न जरुरी रहेको बताउदै , मन्त्रालयले गर्नुपर्ने सहयोग तथा दिशानिर्देशमा कुनै कमि नहुने र फिल्ड स्तरमा समस्या परे तत्काल समन्यकारी भुमिका निर्वाह गर्न मन्त्रालय तयार रहेको र परिणममुखि कार्य गर्न सुझाव दिनुभयो । 

‘महिना–महिना दिनमा र ६–६ महिनामा सरकार परिवर्तन हुने भएकाले जे गर्दा पनि हुन्छ भन्ने रोगी मानसिकता यो प्रदेशमा अङ्कुराएको छ । त्यो मानसिकता त्यागेर काम गरौँ,’ मन्त्री उप्रेतीले भन्नुभयो, ‘कोशीको वर्तमान सरकार स्थायी रूपमा अगाडि बढ्छ । त्यसैले ढुक्क भएर काम गर्नुहोस ।’

सरकारको लक्ष्य प्राप्तिका सन्दर्भमा चुक्न कसैलाई पनि छुट नभएको बताउँदै काममा पारदर्शिता, अनियमितता र ढिलासुस्ती मौलाएमा व्यवस्थाप्रति आक्रोश सिर्जना हुने भएकाले ‘यो मन्त्रालय मुलुकमा समृद्धि हासिल गर्न सघाउ र्पुयाउने थलो हो । सरकारको लक्ष्य पूरा गर्न सघाउ पर्याउनेमध्येको एक महत्वपूर्ण मन्त्रालयमा हामी छौँ,’ यसलाई नतिजाबाट प्रमाणित गर्नै बेला आएको छ ,  ‘यसैले यहाँ अपारदर्शीता र ढिलासुस्तीको अन्त्य गरेर जनतालाई सुशासनको अनुभूति दिनेगरी काम गर्नुपर्छ ।’मन्त्री उप्रेतीले सरकार परिणाममुखी काममा तल्लीन रहेको बताउँदै यसका लागि एकजुट भएर अगाडि बढ्न सुझाउनुभयो । परिणाममुखी काम गर्ने कर्मचारीलाई आफूहरूको साथ रहेको र मुल्यांकनको मुख्य सुचांकनै कार्य प्रगति रहने स्मरण गराउनुभयो । उहाँले कर्मचारीलाई आफ्नो क्षमता तथा दक्षता वृद्धि गरी सिर्जनशीलका साथ आफ्नो जिम्मेवारी सम्पन्न गर्न, वित्तीय अनुशानस कायम गर्न, प्राकृतिक स्रोतको संरक्षण गर्न र पर्यटन प्रवर्धनका कार्ययोजना तयार गर्न निर्देशन दिनुभयो । साथै इमानदारीपूर्वक जनताको कार्यबाट सङ्घीयताको कार्यान्वयनमा सहयोग पुग्ने भएकाले कर्मचारीहरुले आफ्नो दक्षता वृद्दी गरी सृजनशिलताका साथ आफ्नो जिम्मेवारी सम्पन्न गर्न, वित्तीय अनुशासन कायम गर्न, प्राकृतिक स्रोतको संरक्षण गर्न, पर्यटन प्रवर्द्वनका कार्ययोजना तयार सम्झौता भएका योजनालाई सही समय र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो । 

 कार्यक्रममा बोल्दै प्रमुख मुख्य सचिव दीपक काफ्लले पर्यटन मन्त्रालयले समग्र पर्यटनको विकास गर्दै प्रदेशको राजश्व संकलन र विकासमा मुख्य भुमिका भएकाले बेरुजुका अंग घटाउदै , वनको दिगो व्यवस्थापनका लागि विभिन्न कार्यविधि , निर्देशिका लागयतको कार्यलाई अगाडि बढाउन एवं मस्यौदाको रुपमा रहेको वन नियमावलीलाई छिटो भन्दा छिटो सबै सरोकारवालाको सुझाव लिई तयार गर्न निर्देशन दिनुभयो ।  आगामी एक हप्ताभित्र पत्र पठाई वेरुजु फछर्यौट गरी बजेट कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले विभिन्न क्षेत्रमा रहेको वन्यजन्तु तथा मानव विचको द्धन्दलाई व्यवस्थापन गर्न प्राविधिक रुपमा जनशक्तिहरु परिचालन गर्न नीति निर्माण गर्ने कुरामा लाग्नुपर्ने साथै कर्मचारीहरुको आवश्यकता महशुश गरी सरुवा तथा बढुवाका कुरामा प्रदेश सरकार तदारुकताका साथ लाग्ने कुरामा जोड दिनु भयो । 

कार्यक्रमका अतिथि एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद वलीले वन्यजन्तु उद्दार तथा व्यवस्थापनमा काम गर्दै आएको कोषलाई मन्त्रालयस्तरबाट सहकार्य गर्न आफुहरु तयार रहेको र तिनजुरे मिल्के जलजले क्षेत्रको व्यवस्थापन गर्न सके भारतिय पर्यटकहरुको ओईरो लाग्ने र प्रदेश सरकारलाई आम्दानी हुने स्थानिय पर्यापर्यटनले स्थानियको व्यवसायमा वृद्धि भई रोजगारी श्रृजना तथा दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । कोशि संरक्षण केन्द्रबाट सर्प उद्दार तथा आकस्मिक वन्यजन्तु उद्दार एवं प्रोब्लमेटिक वन्यजन्तुहरुको तत्काल उद्दार गरी जनको क्षति हुनबाट रोक्ने कार्य गरिरहेकोले प्रदेश सरकारसँग समन्वय गरेर सदर चिडियाखाना व्यवस्थापन गरे जस्तै प्रदेशमा पनि प्राकृतिक चिडियाखानाको संभावना रहेकाले ओपन जू को कार्यक्रम प्राथमिकताका साथ राख्न सुझाव दिनुभयो । साथै प्रदेश सरकारले पहाड तथा तराईका किसानको बाली जोगाउन बाँदर बिक्री तथा दुम्सी र बँदेलको गणना गरी २० प्रतिशतसम्म शिकारका लागि अनुमति प्रदान गर्ने गरी ऐन कानून निर्माण गर्न प्रदेश स्तरबाट पहल हुनुपर्ने बताउनुभयो । 

प्रथम दिन भू तथा जलाधार व्यवस्थापन कार्यालय ओखलढुंगा र धनकुटा , पर्यटन कार्यालय धरान र काँकडभिट्टा, पर्यटन विकास आयोजना विराटनगर , डिभिजन वन कार्यालय त्रिवेणी, डिभिजिन वन कार्यालय उदयपुर लगायतले प्रस्तुती गरेका थिए । कार्यलयगत प्रस्ततीमा कार्यालयका प्रगति, कार्यक्रम संचालनमा परेका समस्या, चुनौती, समस्या र समाधानका उपायका विषयमा छलफल भएको थियो । 

साथै उद्घाटन शत्रमा प्रदेश वन निर्देशक धनन्जय लामिछानेले समग्र पर्यटन, वन, वातावरण तथा भू संरक्षण क्षेत्रको प्रगति तथा विविध समस्या र सवालका विषयमा प्रस्तुती दिनुभएको थियो । 

मन्त्रालयका सचिव विशाल घिमिरेले समग्र पर्यटन, वन, वातावरण, भूरसंरक्षण, जैविक विविधता संरक्षण, मानव वन्यजन्तु द्वन्द्वबारे मन्तव्य दिँदै चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमलाई, बेरुजु नहुने गरी पारदर्शिताका साथ सम्पन्न गर्न सबै मातहतका कार्यालयलाई निर्देशन दिनुभयो । उहाँले कर्मचारीको न्यायोचित व्यवस्थापन गरी मौजुदा जनशक्तिबाट उच्चतम प्रतिफल आउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले समग्र पर्यटन, वन, वातावरण, भू–संरक्षण, जैविक विविधता संरक्षण, मानव–वन्यजन्तु द्वन्दका विषयमा कुरा राख्दै यस आ.व. का लागि स्वीकृत बजेट तथा कार्यक्रमलाई विधीपूर्वक, बेरुजु नहुनेगरी पारदर्शिताका साथ सम्पन्न गर्नका लागि सवै मातहतका कार्यालयलाई निर्देशन दिनुभयो । यसका साथै कर्मचारीहरुको न्यायोचित व्यवस्थापन गरि मौजुदा जनशक्तिबाट उच्चतम प्रतिफल आउने गरी काम गर्न आग्रह गर्नुभयो । डिभिजन वन कार्यालय र वन समुहहरुको विभिन्न घाटगद्दी स्थलमा रहेका पुराना काठहरुको व्यवस्थापन गर्ने, ढलापडा रुखको व्यवस्थापन गर्ने, प्रदेश वन नियमावलीलाई सरोकारवालाहरुसंग छलफल गरी टुङ्ग्याउने, विकास कार्यक्रम संचालनका सन्दर्भमा स्थानीय निकायसंग समन्वय बढाउने, मानव–वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि जनचेतना जगाउने, मातहतका निकायहरुको व्यवस्थापन तथा सर्वेक्षण गरी आवश्यक तथा चुस्त दुरुस्त निकाय र दरबन्दी बनाउने, पर्यटकीय क्षेत्रहरुको गूरुयोजना तयार गरी प्राथमिकताका आधारमा पूर्बाधार विकास गर्ने, वातावरण क्षेत्रलाई विश्व अनुकुल बनाउन सक्रिय बनाउने कुरामा जोड दिनुभयो । विदेशी काठ आयातलाई निरुत्साहित गरी राजस्व वृद्धि गर्न वनसम्बन्धी आवश्यक ऐन, कानुन र नियम संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

आ.व. २०८०/८१ को प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको केही झलकहरु तल दिइएका लिङ्कमा रहेका छन्:

https://drive.google.com/drive/folders/1dWcce9VAXt7xHISTeHIbwqaltYZ0qR-h?usp=sharing

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.